फौजदारी कसुर तथा कार्यविधिसम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत

फौजदारी कसुर तथा कार्यविधिसम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत

केन्द्रबिन्दु
0
Shares

फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरिएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकले सो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा उक्त प्रस्तावलाई सभामुख सापकोटाले निर्णायार्थ प्रस्तुत गरे । बैठकले सो प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको सभामुखसापकोटाले जानकारी दिए । 

Logo