नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरू नै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शिर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन्।
‘बजेट वक्तव्यमा मिटर ब्याज नियन्त्रण गर्ने उल्लेख छ। तर, गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरू मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको कतिपय पदाधिकारीहरूले आफन्तहरूलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ। यस्ता गलत काम त कानुन हात लिन सक्नेहरूले गरेको देखियो नि’, उनले भने ।
सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि दोहोर्याए।
प्रतिक्रिया