नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
एमसीसीका नाममा अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै नेकपाले शुक्रबार काठमाडौंको शान्ति बाटीकामा प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए। त्यस्तै उनीहरूले भ्रष्ट्राचार एवं कमिसनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरूले मल बिउ नपाएर तड्पिनुपर्ने अवस्था अन्त्य गर्न पनि माग गरेका छन्।
नेकपाले ३० जेठमा एमसीसीका कार्यालय र जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन र घेराउ गर्ने जनाएको छ भने चर्को महँगी र यातायातको भाडा वृद्धिविरुद्ध असार ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ।





























प्रतिक्रिया