प्रतिनिधिसभा बैठकमा आज दुई मन्त्रालय र तीन निकायगत छलफल

प्रतिनिधिसभा बैठकमा आज दुई मन्त्रालय र तीन निकायगत छलफल

केन्द्रबिन्दु
0
Shares

संसद बैठक आजपनि बस्दै छ । 

विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत संसद् बैठकमा आइतबार दुई मन्त्रालयसहित तीन निकायगत छलफल हुने भएको छ। 

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न विषयमा छलफल हुने कार्यसूची छ। 

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विनियोजन विधेयक २०७९ अन्तर्गत छलफल हुने दुई मन्त्रालय र तीन निकायको उल्लिखित खर्च कटौतीको छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसैगरी सांसद कृष्णभक्त पोखरेलले 'शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँमा कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव र सांसद शेरबहादुर तामाङले विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको 'खर्च रकम घटाई एक रुपैयाँ कायम गर्न' खर्च कटौतीको प्रस्ताव गर्ने कार्यसूची छ।

Logo