देउवाले भारत गएर दूतावासमा बुच्चे नक्सा टाँसेर आए : खगराज अधिकारी

देउवाले भारत गएर दूतावासमा बुच्चे नक्सा टाँसेर आए : खगराज अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिल्लीस्थित राजदूतावासमा बुच्चेनक्सा टाँसेर आएको दाबी गरेका छन्। 

प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा बोल्दै सांसद अधिकारीले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्रीज्यू भारत जाँदा नेपालको राजदूतावासमा बुच्चेनक्सा टाँसेर उहाँ आउनुभएको छ’ यसको जवाफ सत्ता पक्षका माननीयज्यूहरुले दिन सक्नुहुन्छरु सक्नुहुन्न भने तपाईँ नुन खाएको कुखुरा जस्तै हो कि होइन ?

सरकारले प्रस्तुत गरेको विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयगत कार्यक्रमको चर्चा गरेका थिए। देउवा भारत गएका बेला दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नसमेटिएको बुच्चे नक्सा टाँसिएको थियो। त्यसलाई लिएर चर्को विरोध भएपछि दूतावासले हटाएर नयाँ चुच्चे नक्सा टाँसेको थियो। 

 

Skip This
Skip This
Logo