वर्तमान सरकारको छिमेक नीति गलत छ : एमाले उपमहासचिव ज्ञवाली

वर्तमान सरकारको छिमेक नीति गलत छ : एमाले उपमहासचिव ज्ञवाली


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको टिप्पणी गरेका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमबार बोल्दै नेता ज्ञवालीले कुनै सहायत सित्तैमा पाएपनि लिन नहुने बताए । ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पार अलकत्रा खाने ? चीनसँग वर्तमान सरकारको नीति ठिक भएन’, उनले भने ‘हामीले कुनै सहायता सित्तैमा पाइए पनि लिनु हुँदैन तर, आवश्यकता पर्‍यो भने ऋण पनि लिने हाम्रो नीति हो ।’ ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्ने उनको धारणा छ ।

बैठकमा नेता ज्ञवालीले तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई बोलाएको विषयमा प्रश्न गरेका थिए । उनले भने, ‘उहाँ अरू पनि विषय हेर्नुहुन्छ होला तर छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामीले गर्दैछौँ त्यसले हामीलाई अप्ठेरोमा पार्छ । समग्रमा भन्दा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक भइरहेको छैन ।’ 

एमाले सांसद समेत रहेका ज्ञवालीले राजदूत पठाउने विषयमा पनि कुनै देशमा तुरुन्तै र कुनै देशमा नपठाए पनि हुन्छ जस्तो गरिएको भन्दै सरकारको कार्यशैलीको आलोचना गरेका थिए । भारतले हडपेको कालापानी लगायतका भूमि फिर्ता लिन सरकारले चासो नदिएको तर समस्या नै नभएको चीनसँगको सीमाबारे अध्ययन गरेको भन्दै ज्ञवालीले उक्त अध्ययनको नतिजा के आयो भनेर प्रश्न गरे ।

Logo