अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बोलाउनेबारे नेकपा माओवादी केन्द्रमा छलफल भएको छ । 

अर्थमन्त्रीमाथि संसद्मा धेरै प्रश्न उठेपछि अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल सुरु भएको हो । पार्टीका शीर्ष नेताहरूका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । ती नेताले भने, 'अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन । उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, अध्यक्षले पनि यसबारेमा सोच्छु भन्नुभएको छ ।' 

माओवादी पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरूबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो । तर छलफलमा के भयो भन्नेबारेमा चाहिँ खुलेको छैन । 

Skip This
Skip This
Logo