लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा


लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन् । राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो श्रीमान् खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन् । बिमलाले एकराज बस्नेतलाई आफ्नो श्रीमान् भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्‍याएको हो । मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी बस्नेतको तुलसीपुर-५ बसपार्क आलुमण्डीमा रहेको घरमा म‌ंगलबार बिहान प्रवेश गरेकी हुन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनले मिनाको कोठा भित्रको दराजका कपडा निकाल्दै आफूले आफ्नो श्रीमान एकराजका लागि ती कपडा किनिदिएको भन्दै मनपरी निकाल्ने र फाल्ने गरेको मिनाले आरोप लगाएकी छन् । विमलाले मिनाको कोठाका कपडाहरु यत्रतत्र छरिदिएकी थिइन्।

मन्त्रीले नै सीमा नाघेर अर्काको घर भित्र घुसेर मनपरी गरेको भन्दै स्थानीय आक्रोसित भएका छन्। केही समय पहिले राज्यमन्त्री विमला र मिनाका पति एकराज बस्नेतको बीचको  प्रेम प्रसङ्ग बाहिरिएको थियो ।

Logo