व्यापारीका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयो : अध्यक्ष ओली

व्यापारीका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयो : अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारीका प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाएका छन् ।  काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले कमिसन खाएर बजेट ल्याएको समेत जनाए । 

‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन बाहिरका अनधिकृत मान्छे राखेर बजेट बनाइन्छ । दुनियामा यस्तो कहीँ कल्पना गरिदैन,’ अध्यक्ष ओलीले भने, ‘बजेट अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव आदिले तयार गर्छन् । तर यहाँ त अनधिकृत मान्छे ल्याएर व्यापारीसँग सेटिङ मिलाएर करको दर तोकिन्छ ।’ 
बजेट ल्याउनु एक दिनअघि अर्थमन्त्री जनार्दन शर्मा पौडेलले दुई जना अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा ल्याई करको दर हेरफेर गरेको कुरा सार्वजनिक भएपछि ओलीले यस्तो बताएका हुन् । 
अध्यक्ष ओलीले पञ्चायतको बेलामा पनि नभएको अभ्यास वर्तमान सरकारले गरेको आरोप लगाए । 

Logo