काठमाण्डौं महानगरले हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने भएको छ । काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिर अनुसारको मात्रै तलब पाउने भएका हुन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चेतावनी दिएको छ ।
सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ । स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब नबन्ने महानगरपालिकाले चेतावनी दिएको छ ।
प्रतिक्रिया