ओली सरकारकै पालामा एसपीपी अघि बढेको कांग्रेस महामन्त्री शर्माको दावी

ओली सरकारकै पालामा एसपीपी अघि बढेको कांग्रेस महामन्त्री शर्माको दावी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा अघि बढाएको दाबी गरेका छन । 
शनिबार ललितपुरस्थित नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एसपिपी केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको बताए । 
एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै एसपीपी ओली नेतृत्वकै सरकारले अघि बढाएको खुलेको उनले बताए । कूटनीतिक मर्यादाविपरीत एसपीपीमा सामेल भएर नेपाली सेना पनि विवादमा तानिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।   

 

 

Logo