राष्ट्र ऋण उठाउने विधेयक पारित

राष्ट्र ऋण उठाउने विधेयक पारित

केन्द्रबिन्दु
0
Shares

संसदले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पारित गरेको छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 
 

Skip This
Logo