अब राजनीतिक दुनो सोज्याउन ‘दाइ’कोमा धाउन पर्दैन : रवि लामिछाने

अब राजनीतिक दुनो सोज्याउन ‘दाइ’कोमा धाउन पर्दैन : रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका रबि लामिछानेले अब राजनीतिक फाईदाको लागि शिर्ष नेताकोमा धाउन नपर्ने बताएका छन ।

पार्टीको शिर्ष नेताले कार्यकर्तालाई आफु वरीपरी घुमाउने र कार्यकर्ताले नेतालाई ‘दाइ’ को उपमा दिदै चाप्लुसी गर्ने प्रवृत्तितर्फ इंगीत गर्दै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीमा कोही पनि नेता नहुने, सबै सदस्य र शुभचिन्तक हुने बताए । राष्ट्रिय सभागृहमा पार्टी घोषणा कार्यक्रममा लामिछानेले अब क्षमता नभएकाले ¥याल काढ्न होईन काम गर्न संसद भवन जानुपर्ने बेला आएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आजै दल दर्ताको तयारी गरेको छ ।

Logo