भोलिदेखि सबै उडान बन्द, के हो कारण ?

भोलिदेखि सबै उडान बन्द, के हो कारण ?

केन्द्रबिन्दु
0
Shares

वायु सेवा सञ्चालक सघं नेपालले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै सघंले भोलिदेखि आकिस्मकसहितका सबै उडान बन्द गर्ने घोषणा गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाण्डौबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ । तर प्राधिकरणले आफूहरूसँग एक पटक पनि छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सघ भनाइ छ ।

अहिले भइरहेकै व्यवस्थाअनुसार त्रिभुवन विमानस्थलबाट हेलिकप्टर तथा हवाईजहाजले विना अवरोध उडान र रात्रि बिसान गर्न पाउनुपर्ने, यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका शुल्क फिर्ता लिनुपर्ने, त्रिभुवन विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड, मर्मतका लागि ह्याङ्गर लगायतका पूर्वाधार हुनुपर्ने लगायतका माग सघले राखेको छ ।

 

Logo