रवि लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन

रवि लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन

केन्द्रबिन्दु
0
Shares

रबि लामिछाने सभापति रहने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निबेदन दिएको छ ।

दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा २१ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताएका छन् । उनले दल दर्तापछि मात्रै अन्य सदस्यहरुको नाम खुलासा गर्ने बताएका छन् । 

आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो दलको सिद्धान्त संवैधानिक समाजवाद रहेको बताए । उनले अन्य दलभन्दा आफ्नो दललाई पृथक बनाउने र सिद्धान्तबारेमा थप छलफल हुन बाँकी रहेको बताए ।  चुनाव चिन्ह घण्टीको बारेमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा यसको सिम्बोल आध्यात्मिक मात्र नभई सचेतनाको प्रतीक रहेको बताए । बेथिति बिरुद्धको जनाउ घण्टी रहेको उनको भनाई छ । लामिछानेले आफ्नो लागि

निर्वाचन क्षेत्र निश्चित गरिनसकेको बताउँदै देशभरी भ्रमण गरेर आवश्यक सल्लाह सुझावका आधारमा पछि निर्णय गर्ने बताए । 
उनले आगामी चुनावमा स्वतन्त्र उम्मेदवार हुन खोज्नेहरूका लागि आफ्नो पार्टी राम्रो प्लेटफर्म रहेको बताए ।

Logo