नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्।
मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपाएकीकृत समाजवादीको निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए। उनले मन्त्री परिवर्तन गर्नका लागि आ-आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताए।
उनले पार्टी अध्यक्ष माधवकुमार नेपालले एक, दुई दिन भित्रमा मन्त्रिपरिषद् हेरफेर हुने जानकारी आफुलाई गराएको बताए।





























प्रतिक्रिया