कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध माधवकुमारले मानेनन् : योगेशकुमार भट्टराई

कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध माधवकुमारले मानेनन् : योगेशकुमार भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधवकुमार नेपाललाई पार्टी विभाजन नगरौँ भनेर आफूले गरेको अनुनयविनयलाई अस्वीकार गर्दा अहिले संकटमा फसेको बताएका छन्। 

समाजवादीका चार मन्त्रीसहित १० सांसदले अध्यक्ष नेपालको निर्णयलाई चुनौती दिँदै संसदीय दल बैठक नै बोलाउन माग गरेपछि भट्टराईले आफ्नो धारणा ल्याएका हुन्। 

तत्कालीन नेकपा विभाजनअघि र एमाले ब्यूँतिएपछि पनि नेपालको साथमा रहेका भट्टराईले एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताएका छन्। 

‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा ऊबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनयविनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क पुष्टि हुँदैछु, उनले भनेका छन्, नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ।’
 

Logo