प्रचण्डले प्रधानमन्त्रीलाई उचाले : मेटमणि चौधरी

प्रचण्डले प्रधानमन्त्रीलाई उचाले : मेटमणि चौधरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएर मन्त्री फेर्ने आफूहरुको निर्णय कार्यान्वयन गर्न नदिएको बताएका छन्। पार्टीका कार्यालय आलोकनगरमा जारी पार्टी पोलिटब्युरो बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन्। 

गठबन्धनका नेताहरुको भनाइ र पार्टीको निर्णयलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने हो। तर हामीले जेठ २२ गते मन्त्री फेर्ने निर्णय गरेको आज २२ दिन भयोु, उनले भने, कि त एकीकृत समाजवादी हामीलाई चाहिँदैन भन्नुपर्यो। नत्र एकीकृत समाजवादीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ।

देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रभाव र दबाबमा पारेको उनले बताए। ुउहाँ प्रधानमन्त्री लाई प्रभावमा पार्ने भनेको प्रचण्ड होु, उनले भने, उहाँको पार्टीभित्र पनि ठूलो प्रेसर छ। त्यहीकारण त्यो प्रेसरलाई धान्न नसक्ने भएपछि प्रचण्डले देउवालाई प्रभाव र दबाबमा पारे।

 

Logo