लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ : ग‌णेशप्रसाद तिमल्सिना

लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ : ग‌णेशप्रसाद तिमल्सिना

केन्द्रबिन्दु
0
Shares

 राष्ट्रिय सभाका अध्यक्ष ग‌णेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । शुक्रबारको राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू संघीय सदस्यप्रति उत्तरदायी हुने व्यवस्था गरेको र सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन रुलिङ गरेका हुन् । 

मन्त्रालयको कार्यसूची अघि बढाउन मद्दत गर्नु र उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो  तिमल्सिनाले भने, लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ । तसर्थ नेपाल सरकारका मन्त्रीहरुलाई तोकिएको ठिक समयमा उपस्थितभई जनता प्रति जवाफदेही बन्न रुलिङ गर्दछु।’

 

Logo