प्रधानमन्त्री अन्य दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन भएन : माधवकुमार नेपाल

प्रधानमन्त्री अन्य दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन भएन : माधवकुमार नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री अन्य दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन नभएको बताएका छन् । उनले  गठबन्धनका अन्य दलका कारण आफ्नो पार्टीको मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन नसकेको बताए । 

पार्टी केन्द्रीय कार्यालयमा जारी पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका अन्य दलको प्रभावमा पर्दा आफ्नो पार्टीको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ढिलाइ भएको बताए ।

उनले मन्त्री फेर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले पटकपटक कुरा गरेपनि कार्यान्वय नभएको बताए । प्रधानमन्त्री देउवा गठबन्धनका अरु दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको अध्यक्ष नेपालको भनाइ छ ।

Logo