एकीकृत समाजवादीले मन्त्री हेरेफेर विवादको टुंगो आज लगाउने

एकीकृत समाजवादीले मन्त्री हेरेफेर विवादको टुंगो आज लगाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार बस्दैछ । 

बैठक बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित एक ब्याङ्क्वेटमा बस्न लागेको हो । बैठकमा हालका मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा पार्टीभित्र देखिएको विवादबारे छलफल गरेर टुंगो लगाउने तयारी छ । एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको तीन साता भएपनि कार्यान्वयन हुन सकेको छैन । 

 

Logo