ओलीले गुटको नायकको रुपमा काम गरे, त्यसपछि नेकपा दुर्घटना भयो : झलनाथ खनाल

ओलीले गुटको नायकको रुपमा काम गरे, त्यसपछि नेकपा दुर्घटना भयो : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दुईतिहाईको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण ओलि सरकारको अन्त्य भएको बताएका छन । 

आज कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित नेकपा एकीकृत समाजवादीको चौथो केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी काम समेत कटौती गरिन्छन् कि भन्ने त्रासका बिच बाँच्नुपरेको बताए । 

उनले ओली गुटले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्यमान्यता, दृष्टिकोण मिच्ने र दक्षिणपन्थीको मतियार बनेको बताए । 
उनले ओलीले चार चार पटक बजेट ल्याउँदा समेत केही नभनेको बताए । खनालले केपी ओलीको पागलपनकै कारण दुई पटक प्रतिनिधिसभा विघटन भएको बताए । उनले भने, त्यो संसद नेकपाको दुई तिहाईको शक्ति थियो । यो अहिले हामीले अंगीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले । हामी जतिसुकै प्रगतिशील कानून र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।  

उनले नवौँ महाधिवेसनमा केपी ओली गुट हाबी भएकाले पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताए । उनले भने, वैचारिक,राजनीतिक रूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादी रूपमा केपी ओली गुट अगाडि बढेका कारण पार्टीमा विद्रोह गर्नुपर्याे ।  
उनले ओलीमा त्यो अहंकार अहिले पनि भएकाले पाँच दलीय गठबन्धन गर्नुपरेको बताए । 
 

Logo