रुँदै बाहिरिइन् मन्त्री झाक्री

रुँदै बाहिरिइन् मन्त्री झाक्री

केन्द्रबिन्दु
0
Shares

सहरी विकासमन्त्री रामकुमारी झाक्री रुँदै मन्त्रालयबाट बाहिरिएकी छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीबाट फिर्ता बोलाएपछि राजीनामा दिएको जानकारी दिन आइतबार सिंहदरबारमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री झाक्रीले आँशु थाम्न नसकेकी हुन् ।

मन्त्रालयमा उनले आइतबार साँझ पत्रकार सम्मेलन गरेकी थिइन् । सुरुवातबाटै निकै भावुक देखिएकी उनले कार्यक्रम सुरु हुँदै गर्दा आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी थिइन्। 

पत्रकार सम्मेलनमा उनले भनिन्, 'मलाई बोल्नै मन छैन । भर्खर पार्लियामेन्टमा बोलेर आएको । म इमोसनल भएर तपाईंहरूलाई फेस गर्न नसकेको हो ।'

आफुले मन्त्री भएपछि राम्रो काम गरेको दाबी गर्दै आएकी झाक्रीले सरकार नछाड्ने अडान लिएकी थिइन् । पार्टी नेतृत्वमा दबाब बनाएकी उनीसहितका मन्त्रीहरु प्रेम आले, विरोध खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकलम दाहालसम्मलाई गुहारेका थिए । तर पार्टी बैठकले मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय परिवर्तन नगरेपछि आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् । 

Logo