एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज काठमाडौँमा बस्दैछ । 

बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दै छ । बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका प्रतिवेदनमा छलफल गरिने जनाइएको छ । 

त्यसैगरी पार्टीका महासचिव डा वेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए । देशभरबाट करिब एक हजार ५०० सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । 

Logo