मन्त्रीबाट हटेका चार नेता समाजवादीको बैठकमा गएनन्

मन्त्रीबाट हटेका चार नेता समाजवादीको बैठकमा गएनन्

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले संघीय सरकारको मन्त्रीबाट फिर्ता गरिएका चारैजना नेता पार्टी बैठकमा अनुपस्थित भएका छन्।

राजधानीको कमलादीमा सोमबार मध्यान्ह सुरु केन्द्रीय परिषद् बैठकमा आइतवार मात्रै मन्त्रीबाट फिर्ता गरिएका चारैजना नेता सहभागी नभएका हुन्। 

समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरु सहभागी भएका थिएनन्। आफूहरुले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जवरजस्ती फिर्ता बोलाएको भन्दै उनीहरु असन्तुष्ट रहेका थिए।

समाजवादीको केन्द्रीय परिषद बैठकमा नगएकाहरुमा निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्री, निवर्तमान संस्कृति पर्यटन मन्त्री प्रेम आले, निवर्तमान श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा रहेका छन्। 

Skip This
Skip This
Logo