चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा स्वास्थ्य सेवा प्रभावित भयो : स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ

चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा स्वास्थ्य सेवा प्रभावित भयो : स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्यतथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताए ।  बिहीवार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् । 

उनले अहिले देशका विभिन्न जिल्लाहरुबाट दरबन्दी खालि रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरेपनि स्वास्थ्यकर्मीहरु जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए । मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिलेपनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरु जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको उल्लेख गरे । 

उनले सबै स्वास्थ्यकर्मीहरुले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताए ।  अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको बताए । 

उनले भने, ‘स्वास्थ्यमन्त्री भएको दुई दिन मात्र भएको छ । यो दुई दिनको अवधिमा धेरै मान्छे जिल्लाहरुबाट डाक्टर पठाइदिनुप¥यो दरबन्दी यति छ भनेर आउनुभएको छ । नर्स पठाइदिनुप¥यो दरबन्दी यति छ, भनेर आउनुभएको छ । कोही जान तयार हुनुहुन्न । हामी गाउँ क्षेत्रमा त डाक्टर पठाउनै सक्दैनौँ । नर्स पठाउन सक्दैनौँ । अहिले संघीयताको कार्यान्वयनमा पनि छौँ हामी । भर्खरै समायोजन भएको छ र समायोजनमा पनि अनेक समस्या छन् भन्नेकुरा कर्मचारी र प्राविधिक साथीहरुबाट नै हामीकहाँ आइरहेका छन् । समायोजन भइसकेपछि सरुवा गर्ने एक ठाउँबाट अर्को ठाउँमा पठाउने सीमा पनि छन् ।’ 
 

Logo