रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ आयोगमा दर्ता, गोलाकारभित्रको घण्टी चुनाव चिन्ह

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ आयोगमा दर्ता, गोलाकारभित्रको घण्टी चुनाव चिन्ह

केन्द्रबिन्दु
0
Shares

सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।

पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको बताए । यो चुनावचिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ । स्वतन्त्र उम्मेदवारहरुले रविको पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए ।

 

Logo