न्यायपालिकामा समस्या छ, शुद्धीकरण गरेर अघि बढ्नुपर्छ : कामु प्रधानन्यायाधीश

न्यायपालिकामा समस्या छ, शुद्धीकरण गरेर अघि बढ्नुपर्छ : कामु प्रधानन्यायाधीश

केन्द्रबिन्दु
0
Shares

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । आज शुक्रवार काठमाण्डौमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताए । उनले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले कामै गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरे । 

उनले भने, ‘न्यायपालिकामा केही समस्या देखिएका छन् । समस्या पहिला पनि थिए र अहिले पनि आएका छन् । हामी सुधारका लागि अघि बढिरहेका छौँ । न्यायपालिकामा पूर्ण समस्या छ, काम गर्न सक्दैन भन्ने कुरा चाहिँ होइन । सम्बोधन हुन्छ । हामी सबै सुधारका लागि कटिबद्ध हुनुपर्छ ।’

कामु प्रधानन्यायाधीश कार्कीले छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिबद्धता जनाए । न्यायपालिकामा विकृति र विसङ्गति आउन नदिन पाठ्यक्रममा पनि नैतिकताका विषयहरू समावेश गर्न आवश्यक रहेको उनको भनाइ छ ।  

Logo