माओवादी बैठकमा माग : बरु पाँच दिन बैठक बसौं, पदाधिकारी टुंगो लगाऔं

माओवादी बैठकमा माग : बरु पाँच दिन बैठक बसौं, पदाधिकारी टुंगो लगाऔं

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो लगाउनुपर्ने बताएका छन् ।

आजबाट सुरु केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उनीहरुले पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका हुन् ।

बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने बताए । उनले भने, ‘ यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।’

बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको नौ बुँदे एजेण्डामा पार्टी पदाधिकारी टुंगो लगाउने उल्लेख छैन ।

पौडेलभन्दा अगाडि रिपोर्टिङ गरेका मधेश प्रदेशका इन्चार्ज गणेश शाहले मधेश प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्ने बताए । पार्टीले मधेसका एजेन्डाबारे छलफल गर्दै नगरेको भन्दै उनले नेतृत्व विहीनताको अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे ।

Logo