माओवादीका ७ प्रदेश अध्यक्षको रिपोर्टिङ सकियो

माओवादीका ७ प्रदेश अध्यक्षको रिपोर्टिङ सकियो

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा हालै सम्पन्न स्थानीय चुनावको समीक्षा र पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रित भएको छ । 

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ९ बुँदे एजेण्डा अन्तरगत सात प्रदेशका अध्यक्षहरूले रिपोर्ट पेस गर्ने कार्यसूची रहेको थियो ।

 सोही क्रममा सम्बन्धित प्रदेशका अधिकांश अध्यक्षहरूले गत स्थानीय निर्वाचनमा पार्टीकै जिम्मेवार नेता कार्यकर्ताबाट अन्तर्घात भएको, गुटबन्दी मौलाएको तथा बागी उम्मेदवारी दिने प्रवृत्ति देखिएको बताएका हुन् । उनीहरुले सत्ता गठबन्धनबाटै पनि पार्टीका कतिपय उम्मेदवारलाई भोट हाल्ने काम नभएको रिपोर्ट पेस गरेका छन् ।

उनीहरुले एमसीसीका बारेमा पार्टी स्पष्ट हुन नसकेको, पदाधिकारीको चयनमा ढिलाइ भएको, संगठन निर्माण प्रभावकारी नभएको विषय पनि औँल्याए भने आगामी चुनावमा पार्टी कसरी जाने भन्नेबारेमा पनि ठोस योजना जरुरी रहेकोमा जोड दिएका छन् ।  बैठकमा जिम्मेवारी सही ढङ्गले नदिएको गुनासो पनि उठेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

 

Logo