माओवादी बैठकमा तत्काल पार्टी पदाधिकारी चयन गर्नुपर्ने माग

माओवादी बैठकमा तत्काल पार्टी पदाधिकारी चयन गर्नुपर्ने माग

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबारदेखि सुरू भएको बैठकमा तत्काल पार्टी पदाधिकारी चयन गर्नुपर्ने माग उठेको छ।

दिउँसोसम्म माओवादीका सात प्रदेशका अध्यक्षहरूले आ-आफ्ना धारणा राखेका छन्। उनीहरू सबैले पदाधिकारी चयन गर्नुपर्ने बताएको केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जानकारी दिए।

प्रदेश अध्यक्षहरूले वैशाख ३० गते भएको स्थानीय तह चुनावको परिणाम सन्तोषजक भए पनि उत्साहजनक नभएको र गठबन्धन गरेका कतिपय ठाउँमा कांग्रेसले धोका दिएको बताएका थिए।

अबको चुनावमा गठबन्धनको भर पर्ने भन्दा पनि आफ्नै तागतमा चुनाव लड्ने गरी मेहनत गर्नु पर्ने उनीहरूको सुझाव रहेको बस्नेतले जानकारी दिए। केन्द्रीय कमिटि बैठकमा पदाधिकारी चयनको विषय पनि एजेन्डामा राखिएको छ। गत वर्ष महाधिवेशन भए पनि माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन।
 

Logo