ममाथि छानबिन गरियोस : डा केसी

ममाथि छानबिन गरियोस : डा केसी

केन्द्रबिन्दु
0
Shares

एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको अफवाह फैलिएको भन्दै आफूहरूमाथि छानबिन गर्न डा केसीले माग गरेका हुन।

‘ पटकपटक खड्गप्रसाद ओली स्वयम तथा विभिन्न आवरणमा रहेका उनको भ्रष्ट गिरोहका सदस्यले हामीमाथि एमबिबिएसलगायत चिकित्सा शिक्षाको अध्ययनको लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको भन्ने अफवाह फैलाएको हुँदा प्रथमत सो अफवाहमा किन्चित पनि सत्यता नभएको जानकारी दिन चाहन्छौं,’ केसीले आज विज्ञप्ति निकालेर भनेका छन्।

 

Logo