नेपाल प्रहरीका १७ डीआईजीको पदस्थापन

नेपाल प्रहरीका १७ डीआईजीको पदस्थापन

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका १७ प्रहरी नायब महानिरीक्षक डीआईजी को पदस्थापन भएको छ। गृह मन्त्रालयको निर्णयअनुसार डीआईजी पदमा बढुवा भएका १७ जनाको पदस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै नयाँ डीआईजीहरुको पदस्थापन गरिएको जानकारी दिएको हो।  शीर्ष पाँच डीआईजीको पदस्थापन काठमाडौंभित्रै गरिएको छ। 

पदस्थापनअनुसार पहिलो नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरको कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा पदस्थापन भएको छ। टेकप्रसाद राईलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ भने अशोक सिंहको विशेष ब्यूरो नक्सालमा सरुवा भएको छ।

त्यस्तै दीपक थापालाई प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा पदस्थापन गरिएको छ भने श्यामलाल ज्ञवालीलाई साइबर ब्युरो भोटाहिटीमा पदस्थापन गरिएको छ। 

डीआईजी मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको छ।

यो पनि  

Logo