प्रधानमन्त्रीलाई ओलीको प्रश्न : केही गर्नै नसक्ने स्थितिमा पुग्नुभएको हो ?

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : केही गर्नै नसक्ने स्थितिमा पुग्नुभएको हो ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले संसदीय छानबिन माग गरेका हुन् ।

‘ यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ उनले भने ।

अध्यक्ष ओलीले प्रधानमन्त्री ओली मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा पुगेको हो भनी प्रश्न गरे ।  ‘प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो, जे भए पनि ’ उनले प्रश्न गरे, ‘कि गठबन्धन जोगाएपछि पुग्छ, देश बर्बाद होस् जहाँ सुकै पुगोस् ।’

उनले एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बसेको भन्दै आलोचना गरे ।
अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज समेत सार्वजनिक नगरेको भन्दै ओलीले आपत्ति जनाए ।

 

Logo