संसदमा ओलीको चुनौती : एसपीपीमा मेरो निर्णय वा निर्देशन भएको प्रमाण पेस गरियोस्

संसदमा ओलीको चुनौती : एसपीपीमा मेरो निर्णय वा निर्देशन भएको प्रमाण पेस गरियोस्

केन्द्रबिन्दु
0
Shares

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)मा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘ म प्रधानमन्त्री भएपछि एसपीपी सम्झौताका लागि पत्र पठाइएको भनिएको छ । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन ।

नेपाली सेनाले प्रचलन भनेको छ । यस्ता पनि प्रचलन हुन्छ र ? प्रचलन नै हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई बनाउने हुन्छ र ?’ तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीका रुपमा एसपीपीका सम्बन्धमा गरेको गरेको निर्णय वा निर्देशन प्रमाण संसदमा पेस गर्न उनले चुनौती दिए । एसपीपीबारे अहिले लिक भएको मस्यौदा धेरै गम्भीर भएको उनको भनाइ छ ।

Logo