संघ र प्रदेशको निर्वाचनमा गठबन्धन मजबुत बनाएर जानुपर्छ : गिरिराजमणि पोखरेल

संघ र प्रदेशको निर्वाचनमा गठबन्धन मजबुत बनाएर जानुपर्छ : गिरिराजमणि पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताए । उनले जारी केन्द्रिय कमिटी बैठकमा विभिन्न धारणा व्यक्त गरेको जानकारी दिए । 

पार्टीभित्र एक्लै निर्वाचनमा जानुपर्ने, वर्तमान गठबन्धनलाई लिएर जानुपर्ने तथा वाम गठबन्धन गर्नुपर्ने लगायतका मत पार्टीभित्र रहेको स्पष्ट पारे । उनले भने,  ‘हामी स्थानीय चुनावको समिक्षा गरिरहेको छौँ । संघ र प्रदेशको चुनावका मुद्दामा आधारित भएर गठबन्धन अगाडी बढ्ने हो । हाम्रो छलफलको संश्लेषण भइसकेको छैन । एक्लै आफ्नो खुट्टामा उभिएर जानुपर्छ भन्नेपनि केन्द्रिय कमिटीमा मत छ । भएका गठबन्धनका गल्ती, कमजोरीलाई सँच्याएर यसैलाई अझ मजबुत बनाएर लिएर जानुपर्छ भन्ने मत पनि छ । वाम गठबन्धनतर्फ जानुपर्छ भन्ने पनि छ । वाम–लोकतान्त्रिक अथवा बाम–समाजवादीहरुको गठबन्धन हुनुपर्छ भन्ने पनि छ ।’ उनले वाम–लोकतान्त्रिक तथा वाम–समाजवादी गठबन्धन गर्नुपर्ने पनि मत रहेको उल्लेख गरे । 

Logo