किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : नवनियुक्त कृषिमन्त्री यादव

किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : नवनियुक्त कृषिमन्त्री यादव

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।  

आज सोमवार मन्त्रालयमा पुगेर पदबहाली गरेसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनुभएको सुनाए ।    

मन्त्री यादवले बाँकी काम मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए । उनले भने , ‘प्राथमिकता त सबैभन्दा पहिले किसानलाई मल दिनु हो । मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पुर्‍याउने हुन्छ ।’

Logo