नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा रितेश लामिछाने चयन

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा रितेश लामिछाने चयन

केन्द्रबिन्दु
0
Shares

नेपाली युवा उद्यमी मञ्च (NYEF) को १८औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । 

काठमाडौंस्थित मेरिएट होटलमा सम्पन्न १८औं सभाले रितेश लामिछानेको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सहारा जोशी, द्वितीय उपाध्यक्षमा कुशल सुन्दर श्रेष्ठ, महिला उपाध्यक्षमा निभिता प्रधान, कार्यकारी सदस्यहरुमा सुदिप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभुषण ज्योति कंसाकार र पुनित बैद्य रहेका छन् ।

मञ्चको साधारण सभामा मञ्चबाट विगतमा गरिएका क्रियाकलाप र भावी योजनाहरु प्रस्तुत गरिएको थियो । नव निर्वाचित अध्यक्ष रितेश लामिछानेले सन् २०२२-०२३ को लागि आफ्ना योजनाहारु राखेका थिए । यस वर्ष सम्पूर्ण च्याप्टरहरु लगायत काठमाडौँमा बृहत (made in nepal)  प्रदर्शनी गर्ने प्रतिबद्धता उनले जनाएका छन् । 

साथै अन्य सदस्यहरुले युवाहरु माझ उद्यमशीलतामा जोड दिदै मञ्चको मूल्य मान्यता अनुसार लक्ष्य प्राप्तिमा एकवद्ध भएर अगाडि बढ्ने अठोट व्यक्त गरेका छन् । एनवाईईएफले आफ्नो मुख्य चासोलाई बढावा दिदैं सकारात्मक सोच र सफल देश नेपाललाई निरन्तर अगाडि बढाउने र युवा तथा युवा उद्यमीहरुका लागि उदाहरणीय रुपमा कार्य गरी अगाडि बढ्ने प्रयास गरिरहने जनाएको छ ।

एनवाईईएफले निरन्तर रुपमा युवा उद्यमीहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत सहयोग गरिरहेको छ । जसमा महिला युवा उद्यमी सम्मेलन, इन्टरप्राइज, लिडर प्रोजेक्ट, उद्यमशीलता विश्व कप, विश्वव्यापी विद्यार्थी उद्यमी पुरस्कार र मेड इन नेपाल क्याम्पिङ्ग जस्ता कार्यक्रमहरु आयोजना भएका थिए । नयाँ कार्यसमितिले युवा उद्यमीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवद्र्धनमा जोड दिने विश्वास गरिएको छ ।

Logo