बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु भएन

बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु भएन

केन्द्रबिन्दु
0
Shares

संसद बैठक अझै सुरु हुन सकेको छैन ।  बुधबार बिहान ११ बजेका लागी बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन् । अर्थमन्त्री जनार्दन शर्मा प्रकरणका कारण बैठक बस्न ढिला भएको बुझिएको  एक नेताले बताएका छन् । 

अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीब्र आलोचनापछि अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज जवाफ दिँदैछन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले शर्माको जवाफ नसुन्ने गरी बैठक बहिष्कार गर्ने तयारी गरेको छ ।  

यसैबिच अर्थमन्त्रीका सम्बन्धमा पार्टीको धारणा बनाउन बिहान माओबादीको पूर्व स्थायी समितिको बैठक बसेको थियो । बैठकले अर्थमन्त्रीका सम्बन्धमा एमालेले उठाएका मुद्धाबारे एमालेसँग छलफल गर्ने निर्णय गरेको थियो ।

Logo