संसद बैठक रोकेर सबै दलका प्रतिनिधिहरु सभामुखसँग छलफलमा

संसद बैठक रोकेर सबै दलका प्रतिनिधिहरु सभामुखसँग छलफलमा

केन्द्रबिन्दु
0
Shares

 प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । बैठक रोकेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनादर्न शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ ।

अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीब्र आलोचनापछि अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज जवाफ दिँदैछन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले शर्माको जवाफ नसुन्ने गरी बैठक बहिष्कार गर्ने तयारी गरेको छ ।  

 

Logo