अर्थमन्त्रीमाथि छानबिन गर्न ६ सदस्यीय समिति गठन हुने

अर्थमन्त्रीमाथि छानबिन गर्न ६ सदस्यीय समिति गठन हुने

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एक नेताका अनुसार संसदीय छानविन समिति ६ सदस्यीय हुने बताइएको छ ।

एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो । समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको  बताइएको छ । 

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको छ । आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको  छ ।

 

Logo