शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउन सर्वदलीय बैठक जारी

शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउन सर्वदलीय बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल भइरहेको छ । बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको जानकारी दिए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ ।  बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभामा अर्थमन्त्रीले बोल्ने भनेपनि एमालेले सभामा अवरोध गर्ने बताएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमुख सचेतक लगायतसँग परामर्श गरेका थिए । दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।

Logo