कर्णाली प्रदेश सभा बैठक फेरि स्थगित

कर्णाली प्रदेश सभा बैठक फेरि स्थगित

केन्द्रबिन्दु
0
Shares

 
कर्णाली प्रदेश सभाको बैठक आज बिहीवार पनि स्थगित भएको छ । प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमति हुन नसक्दा आज बस्ने भनिएको बैठक स्थगित भएको हो । 

आज बिहान सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि फेरि सहमतिका लागि भोलि शुक्रवार बिहान बैठक बस्ने भएको छ । सभामुख शाहीले छलफल सहमति नजिक भएकोले भोलि बस्ने सर्वदलीय बैठकले टुङ्गो लगाएर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिए ।  

गएको असार १२ गते सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमाथि असन्तुष्टि जनाउँदै एमालेले प्रदेश सभा बैठकमा अवरोध गरेको थियो । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको छैन । एमालेले बजेट तथ्यपरक नभएको, आफूसँग भएको सहमति विपरीत भएको भन्दै संशोधन गरिनुपर्ने अडान राखेको  छ । एमालेले १५ लाख रुपैयाँमुनिका टुक्रे योजनामा विनियोजन गरिएको बजेट संशोधन गरिनुपर्ने, सुदूरपश्चिम प्रदेशका तीन वटा जिल्लामा विनियोजन गरिएको बजेट सच्याउनुपर्ने र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधिअनुसार हुनुपर्ने माग राखेर प्रदेश सभाको बैठकमा अवरोध गरिरहेको छ ।

Logo