नेकपा एमालेका सांसद भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन ।
बिहीवार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरु सँगको कुराकानीमा सांसद रावलले यस्तो बताएका हुन ।
उनले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यस बारेमा गहन अध्ययन र खोजको आवश्यक्ता रहेको बताए ।
सांसद रावलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु चलखेल गर्न लागिएको बताए ।
उनले सत्ता पक्षकै सांसदले पत्र नपठाएको कुरा संसदमा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जवाफ दिन आवश्यक रहेको बताए ।





























प्रतिक्रिया