काठमाडौं महानगरपालिकाले र्याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो । महानगरपालिकाले करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन गरेको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको महानगरले जनाएको छ।
मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाह साहले यमबुद्धको सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने भइनसकेको बताए । तर, यमबुद्धलाई नेपाली श्रोताले सम्झिरहने गरी सालिक स्थापना हुने उनको भनाई छ ।





























प्रतिक्रिया