‘थोरै औषधिले त्रिभुवन विश्वविद्यालयको समस्या निको हुँदैन, उच्च शिक्षा बदल्न त्रिविको पुनर्संरचना गर्नु आवश्यक छ’

‘थोरै औषधिले त्रिभुवन विश्वविद्यालयको समस्या निको हुँदैन, उच्च शिक्षा बदल्न त्रिविको पुनर्संरचना गर्नु आवश्यक छ’


नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको नहुने बताए । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्थास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै उनले अब उच्च शिक्षा बदल्नका लागि त्रिविको पुनर्संरचना गर्नु आवश्यक भएको बताए ।  

पोखरेलले विश्वविद्यालयमा धेरै काम सेटिङमा हुने भएकाले प्रश्नपत्र बाहिर आउनु एउटा सानो सेटिङ मात्रै भएको दाबी गरे । उनले कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयलाई सेन्टर एक्सलेन्सु बनाएर अन्य क्याम्पसहरूलाई प्रादेशिक विश्वविद्यालय बनाएर प्रदेश सरकारलाई चलाउन दिँदा उच्च शिक्षामा सुधार आउने बताए । क्याम्पसका प्राध्यापकहरू राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने भएकाले शिक्षामा गुणस्तर नभएको उनको भनाइ छ । 

उनले भने, ‘त्रिभूवन विश्वविद्यालयका समस्या अलिअलि औषधि दिएर हल हुने अवस्था छैन । त्रिभूवन विश्व विद्यालयलाई सुधार गर्नको लागि पुनःसंरचनाको आवश्यकता छ । यहाँ भित्र धेरै सेटिङ रहेको छ । यस्ता धेरै सेटिङ हुन्छन् । यो सानो सेटिङ मात्रै बाहिर आएको हो । धेरै समस्याको बीचमा छ । अहिले हाम्रो उच्च शिक्षा नै धरासायी भएको छ । अहिले उच्च शिक्षा लिइरहेका ५ लाख विद्यार्थीहरुमध्ये ७५ प्रतिशत त्रिभूवन विश्वविद्यालयले ओगटेको छ । त्रिभूवन बदल्ने भनेको उच्च शिक्षा बदल्ने भनेको हो । कीर्तिपुरलाई सेन्टर एक्सलेन्स बनायौं । त्रिभूवनका जतिपनि क्याम्पहरु छन् । ती सबैलाई प्रादेशिक विश्व विद्यालयमा बदलौं । नाम त्रिभूवन राखौं । प्रदेश सरकारलाई दिऔं । नजिकको सरकारले नजिकबाट हेरे मात्रै व्यवस्थित हुन्छ । केन्द्रबाट क्याम्पसहरु चलाएर सक्नुहुन्न । प्रत्येक क्याम्पसमा प्राध्यापक राखिएको छ । त्यहाँ राजनीतिक करण भएको छ । प्रोफेनालिजम छैनन् । त्यसपछि आफ्नो स्वास्र्थ अनुसार चल्छन् ।’

Logo