गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रले गठबन्धनबिना एक्लै निर्वाचनमा प्रतिस्पर्धा नै नगर्ने जिकिर गरेका छन् ।
सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले माओवादीले एक्लै निर्वाचन नलड्ने र कुनै पाटर्नर खोजी गर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले निर्वाचनमा गठबन्धन गर्दा पार्टीका नेताहरूको सिट कटौती हुन सक्ने र त्यसका लागि सबै तयार रहनुपर्ने पनि बताए । उनले अहिले मात्र नभई धेरैपछिसम्म पनि गठबन्धनको आवश्यकता रहेको बताए ।





























प्रतिक्रिया