देशभर प्रत्येक दुई घण्टामा एक जना संक्रमितले ज्यान गुमाउँदैदेखि डा. केसीलाई अवरोध नगर्न सरकारसँग मागसम्म (भिडियोसहित)

देशभर प्रत्येक दुई घण्टामा एक जना संक्रमितले ज्यान गुमाउँदैदेखि डा. केसीलाई अवरोध नगर्न सरकारसँग मागसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये पछिल्लो तथ्याङकलाई आधार मान्दा देशभर प्रत्येक दुई घण्टामा एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन् । भदौ महिनाको तथ्याङकलाई हेर्दा प्रत्येक दिन औसतमा सात जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाइरहेका छन् ।

त्यस्तै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडा यतिबेला चर्चामा आएका छन् । आगामी भदौ २० गते छ महिने कार्यकाल पूरा हुने समय नजिकिएसँगै उनीे चर्चामा आएका हुन् ।

धान बालीका लागि आवश्यक युरिया मल नेपाल आएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्न लागेको २५ सय टन युरिया मल मंगलबार वीरगञ्ज नाकामा आइपुगेको हो ।

सिन्धुपाल्चोक जिल्लाका बस्तीहरु अझै बाढी पहिरोको जोखिममा रहेका छन् । पछिल्लो समय दिनहु परिरहेको वर्षाका कारण सिन्धुपाल्चोकका २ सय ४२ बस्ती अझै बाढी पहिरोको जोखिममा रहेका हुन् । सिन्धुपाल्चोकमा साउन महिना यता मात्रै ७८ भन्दा बढी मानिसको बाढी पहिरोका कारण ज्यान गुमाइ सकेका छन् ।

नेपाल चिकित्सक संघले प्रा. डा गोविन्द केसीलाई कुनै प्रकारको अवरोध नगर्न सरकारसँग माग गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै डा. केसीलाई कुनै कारण विना सुरक्षाको घेरामा राख्ने, हिँडडूल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिनेजस्ता अस्वाभाविक कार्य तत्काल रोक्न सरकारसँग माग गरेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo