कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्टहरूबीच एकता गर्ने षड्यन्त्र भइरहेको छ : रामचन्द्र पौडेल

कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्टहरूबीच एकता गर्ने षड्यन्त्र भइरहेको छ : रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्टहरूबीच एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । 

शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले अन्तर्राष्ट्रिय शक्तिहरू र नेपालका कम्युनिस्टहरू एकतावद्ध भएर कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताए ।
नेता पौडेलले गठबन्धन आजको आवश्यकता भएपनि आगामी चुनावमा कम्युनिस्टहरू एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गरे । उनले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिस्ट दलहरू कम्युनिस्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताए ।

Skip This
Skip This
Logo