नेकपा एमालेले सरकारले बालविकासको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएको छ। प्रतिनिधिसभामा आज बोल्दै एमाले सांसद विद्या भट्टराईले बालविकासमा कार्यरत सहयोगीहरुलाई निर्धारित तलव सरकारले नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन– ‘बालविकासको उचित व्यवस्थापन सरकारले हालसम्म पनि गर्न सकेको छैन । २०७८÷७९ मा बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरुको मासिक तलव न्यूनतम १५ हजार सरकारले निर्धारण गरेपनि हालसम्म निर्धारण गरे अनुसार उहाँहरुले तलव प्राप्त गर्नुभएको छैन । पाँच बजेसम्म काम गर्नुपर्ने अवस्थाछ । बालविकासमा कार्यरत शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्तामाथि राज्यले विभेद गरेको छ ।’





























प्रतिक्रिया